हिजो मात्र गत वर्षको एस एल सी परीक्षाको रिजल्ट भयो। गत वर्षहरु भन्दा यो वर्ष धेरै विधार्थी पास भए भनेर टिभीले फलाकिरह्यो, खुशीकै कुरा हो।तर यसलाई हाम्रो शिक्षाको स्तर राम्रो भयो भनेर खुशी भईहाल्नु पर्ने अवस्था भने छ जस्तो मलाई लाग्दैन। के पनि सुन्नमा आयो भने सरकारको यो वर्षको नीतिनै धेरै विधार्थी पास गराउने थियो रे। रे को पछि लाग्ने मानिस त होइन म तैपनि यहाँ धेरै रे का कुराहरु पनि सहि भएका उदाहरण छन् यहाँ। यो त केवल आफ्नो गलती ढाक्ने कुरा मात्र भयो, राम्रो शिक्षा दिन नसकेर जबर्जस्ती पास गराउन मिल्छ र? राम्रो घर भएको स्कुल राम्रो हुनैपर्छ भन्ने छैन। शिक्षा दिने त शिक्षक-शिक्षीका पो हुन त! त्यति मात्र होइन पाठ्य सामाग्री पनि विशिष्ट हुनु पर्छ। २१औं शताब्दिमा आएर १८औं शताब्दिको शिक्षा दिएर कुनै काम छैन। शिक्षा श्रम मुलक अनि व्यवहारीक पनि हुनु अति आवश्यक छ। नाम मात्र लेख्न सिकाउने अनि पुस्तक मात्र पढ्न सिकाएर केहि हुँदैन, अन्तमा गएर त शिक्षाले व्यक्तिलाई जीवन पालन गर्न सक्षम पनि बनाउनु पर्छ।सीपको विकास गरी आय आर्जन गर्न सघाउनु पनि पर्छ। हिजो आजका युवाहरुमा पढेर के हुन्छ भन्ने सोच नराम्ररी जरो गाडि रहेको छ। यसमा दुइ कुरा प्रमुख छ, एउटा त अव्यवहारिक शिक्षा अनि व्यक्तिको क्षमताको भन्दा पनि उसको पहुँचको बढी कदर गर्ने चलन। एकातिर उधोग, कल कारखानाहरु आफुलाई चाहिने दक्षता भएको जनशक्ति नभएको गुनासो गर्छन भने पढे लेखेकाहरु जागिर नपाएको गुनासो गर्छन।हाम्रो शिक्षाले शिक्षाको कामनै जागिर ख्वाउनु हो कि भन्ने भ्रम हामीमा पारिदिएको छ। शिक्षित मान्छेले पनि खेती किसानि गर्नु हुन्छ भन्ने त हाम्रो मान्यता नै भइसकेको छ। अलिकति पढ्ने वित्तिकै हामी आफ्नो पेशा, खेती किसानि सब छोडेर जागिरको पछाडि दौडिन्छौं।
हिजो पास हुने कति विधार्थी पनि उहि राजनीतिक कार्यकर्ता बनेर सडक मात्र तताउने हुन कि भन्ने डर पनि छ। तिनीहरु पढ्नलाई कलेज क्याम्पसहरु प्रशस्त छन् कि छैनन् त्यसको विचार कसले गर्ने? पढाइको स्तर खस्कँदै गएपछि पनि विधार्थीहरु पढाईप्रति उदासिन् भएका हुन सक्छन। के हामी सधैं आफ्ना युवाहरुलाई खाडिका मुलुकहरुमा तल्लो स्तरको काम मै पठाईरहने त, के हाम्रा युवाहरु सधैं अरुको गुलामीनै गरेर बस्नु पर्ने हो त? के हामी केहि गर्न नजान्ने वुध्दि नभएका गधाहरु हौं त?
शिक्षा दिएर मात्र हुँदैन त्यसको गुणस्तरमा ध्यान दिनु पनि जरुरी छ, अब जागिर खोज्न लगाउने नभएर जागिर बनाउने शिक्षाको आवश्कयता छ। रोजगार जन्य शिक्षाको आवश्यकता छ। खेतबाट भगाउने होइन त्यही खेतबाट धेरै भन्दा धेरै पैदावर उत्पादन गर्ने सीप सिकाउने शिक्षाको तड्कारो खाँचो परेको छ।हस्तकलाबाट लखेट्ने होइन त्यसको व्यापार प्रवर्धन गर्न सिकाउने शिक्षाको खाँचो छ हामीलाई।
शिक्षा सबको मौलिक अधिकार हो र राज्यले यो अधिकार सुनिश्चित गर्नु पर्छ र शिक्षा व्यवहारिक हुनु पर्दछ।हामी एस एल सी मा यो वर्ष धेरै जाना पास भए भनेर छाती त फुलाउँला तर त्यसले रोजगार वा जीविकोपार्जन गर्न कुनै सहयोग पुर्याउन सकेन भने त्यसको उपयोगिता माथि नै प्रश्न उठ्न सक्छ वास्तवमा उठि पनि रहेको छ। पाठ्य-पुस्तकका सामाग्रीको पुनरावलोकनको पनि उत्तिकै आवश्यक छ। व्यक्तिको योग्यता बुझेर सोहि अनुरुपको व्यवसायिक तालिमले पछि उसलाई आफ्नो जीविकोपार्जन गर्न सहयोग पुर्याउँछ।
शिक्षाको अर्को काम भनेको व्यक्तिलाई सचेत र विवेकी बनाउनु पनि हो। यसले मानिसलाई आफ्नो अधिकारको लागि आवाज उठाउन, अन्याय अनि भ्रष्टचारको विरुध्द पनि लड्न सिकाउँछ। यसले मानिसलाई सहि-गलतको पहिचान गर्न पनि सिकाउँछ, तर स्कुल जानु मात्र शिक्षा आर्जन गर्नु होइन यदि मानिसमा चेतनाको स्तर बढ्दैन भने।समय संगै शिक्षाको आवश्यकता पनि बदलिन्छ, समयको माग के हो, रोजगार बजारमा कस्तो जनशक्तिको आवश्यकता छ र हुनसक्छ यसको पनि अध्ययन हुनु उत्तिकै आवश्यक छ। यो प्रविधिको समय हो, विश्वलाई प्रावधिकहरुको धेरै खाँचो छ र यो खाँचो भविश्यमा झन् बढ्नेछ। त्यस कारण प्रविधि मुलक शिक्षामा विशिष जोड दिनु पर्ने देखिन्छ।
नारा मात्र ठुला बनाएर केहि हुनेवाला छैन त्यो नाराको कार्यान्वयन गर्नु एउटा ठुलो चुनौति हो। यसको पहिलो पहल शिक्षितहरुलेनै र विधार्थीहरु स्वयंले पनि गर्नु पर्छ।राजनितिक दलको मोहरा भएर र उनीहरुको योजनाहरु बाँढ्दै हिंड्नु सट्टा यस्ता कुराहरु उठाउनु आवश्यक छ।

No comments:
Post a Comment